बढ्यो सुनचाँदीको मूल्य, ताेलाकाे कति ?

'सुन ३ हजार र चाँदी ५५ रूपैयाँले बढ्याे'


काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा ११ हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला तीन हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला तीन हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।