एसियन लाइफका सीईओ दिनेश लाल श्रेष्ठले दिए राजीनामा, कामु सीईओमा होम बहादुर श्रेष्ठ


काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ।

समितिको कात्तिक ८ गते बसेको २२३औँ बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार उनको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।

त्यस्तै, कम्पनीले कात्तिक १० गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ। कम्पनीमा अर्को व्यवस्था नभएसम्म उनले उक्त जिम्मेवारी सम्हाल्नेछन्।