काठमाडौं – आजदेखि आगामी ३ दिनका लागि तातोपानी नाका सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाकारुपमा रहेको रसुवाको केरुङ नाका भदौ १० को भोटेकोशी बाढीले पूर्णरुपमा क्षती पुर्याएपछि नेपाल चीन व्यापाकि सम्बन्ध विच्छेद भएको थियो । आयात नै पूर्णरुपमा रोकिएपछि नेपाल र चिनियाँ पक्ष तातोपानी नाका ३ दिनका लागि सञ्चालनमा ल्याउन सहमत बनेका हुन् ।
केरुङ नाका पूर्णरुपमा बन्द भएपछि नेपाल र चीनबीचको व्यापार मुस्ताङको कोरला नाकातर्फ केन्द्रित बनेको थियो । तर, असोज पहिलो दोस्रो साता आएको देशव्यापाी अत्याधिक वर्षाका कारण आएको बाढीले कोरला नाका समेत क्षती पुर्याएको थियो । यससँगै, नेपाल चीन व्यापार रोकिएको थियो ।
जसकारण, यतिबेला नेपाली बजारमा अत्याधिक महँगी बढेको छ । महँगी नियन्त्रण गर्ने र आवश्यक सामाग्री आयातका लागि कात्तिक १ गतेदेखि ३ गतेसम्मका लागि नाका सञ्चालनमा ल्याइएको हो ।






About Us
प्रतिक्रिया