काठमाडौं – यो साता नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको पहिलो दिन आइतबारको तुलनामा अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ६ हजार ४०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, मंगलबार प्रतितोला २ हजार २०० रुपैयाँले घटेर सुनको मूल्य २ लाख ९२ हजार २०० रुपैयाँमा झरेको थियो। बुधबार थप २ हजार ७०० रुपैयाँले घट्दै सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार पनि सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको थियो। साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढ्दै २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भयो।







About Us
प्रतिक्रिया