दुई महिनामा निर्जीवन बिमकले संकलन गरे ९ अर्ब ८३ करोड बीमा शुल्क


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले ९ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार भदौ महिनासम्ममा निर्जीवन बिमकहरुले कुल ९ अर्ब ८३ करोड २५ लाख बीमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा ४ लाख ८२ हजार ६२७ वटा बीमा पोलिसी बिक्री गरेका छन् । 

यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले भदौसम्म १ अर्ब ९ करोड बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड र तेस्रोमा एनएलजी इन्स्योरेन्सले ९७ करोड १७ लाख बीमा शुल्क संकलन गरेको छ । 

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९६ करोड १७ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८९ करोड ५२ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ७४ करोड ६ लाख, नेको इन्स्योरेन्स कम्पनीले ७० करोड ६९ लाख, यूनाइटेड अजोड इन्स्योरेन्सले ६१ करोड ७२ लाख र नेपाल इन्स्योरेन्सले ४३ करोड २७ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।

दुइ महिनामा सानिमा जिआइसी इन्स्योरेन्सले ४२ करोड २६ लाख, नेशनल इन्स्योरेन्सले ४१ करोड १५ लाख, राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख र प्रभु इन्स्योरेन्सले ३४ करोड ४९ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।