काठमाडौं – मञ्जुश्री फाइनान्सले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमा ५ प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ। कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।






About Us
प्रतिक्रिया