उखु किसानलाई सरकारले डेढ अर्ब रुपैयाँ अनुदान दिने


काठमाडौं – सरकारले उखु किसानलाई एक अर्ब ५० करोड रुपैयाँ अनुदान दिने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी छन्।

मन्त्री चौधरीको निजी सचिवालयका अनुसार अनुदान रकम बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु किसानलाई वितरण गरिनेछ। सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिँदै आएको छ।

उखु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले वार्षिक रूपमा यस्तो अनुदान उपलब्ध गराउँदै आएको हो।