एनएमबि बैंकद्वारा ७ प्रतिशत लाभांश घोषणा


काठमाडौं – एनएमबि बैंकले गत आर्थिक वर्ष २०८२/८३ वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको छ।

साथै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा समेत गरेको छ।

बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।