प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एक संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले सो शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता राखेर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।