काठमाडौं – संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद–बिक्री गर्न लागेको आरोपमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), ले काठमाडौं महानगरपालिका–१६, सोहखुट्टेबाट संरक्षित वन्यजन्तु भालुको पित्तजस्तो देखिने आखेटोपहारसहित नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का योगेन्द्र प्रसाद चौधरी पक्राउ गरेको हो।
चौधरीलाई बरामद आखेटोपहारसहित आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं बुझाइएको छ । उनको साथबाट १४० ग्राम भालुको पित्त बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, सीआईबीबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय भिमानसँगको समन्वयमा सिन्धुलीको कमलामाई नगरपालिका–१४, तल्लो रानीबास क्षेत्रबाट हात्तीको दाह्राजस्तो देखिने आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका सोमबहादुर माझी भन्ने पोरे माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मा रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले बरामद हात्तीको दाह्रा एक थान (६ किलोग्राम) बारमद गरेको छ। पक्राउ परेका दुवै जनालाई बरामद आखेटोपहारसहित आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सिन्धुलीमाडी, सिन्धुलीमा बुझाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया