काठमाडौं – १० लाख नगद चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका हिरालाल ब्लोन रहेका छन्। उनले सर्लाहीको लालबन्दी– ७ स्थित किराना पसलमा राखेको नेपाली नगद १० लाख रकम चोरी गरेका थिए।
चोरी पछि फरार रहेका उनलाई काठमाडौंमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया