‘वल्र्ड इन्भेष्टर विक २०२६’ काे अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै सन सेक्युरिटिज


काठमाडौं – सन सेक्युरिटिज लिमिटेड (ब्रोकर न. ६४) ले ‘वल्र्ड इन्भेष्टर विक–२०२६’ को अवसरमा विभिन्न सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ। कम्पनीले असोज २० गतेदेखि २३ गतेसम्म ४ दिन यो कार्यक्रम सञ्चालन गर्ने भएकाे हाे।

धितोपत्र बजार नियमनकारी निकायहरूको अन्तर्राष्ट्रिय संगठनको अवधारणा अनुसार लगानीकर्ता शिक्षा र संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले कम्पनीले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रमको पहिलो दिन असोज २० गते स्टक सिमुलेसन प्रतियोगिता इस्लिङ्टन कलेजका विद्यार्थीहरूका लागि आयोजना गरिने छ। त्यस्तै, असोज २१ गते सन सेक्युरिटिजकै कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा मुख्य वक्ताका रूपमा पुरुषोत्तम चिमोरिया र अस्तित्व शर्मा रहनेछन्।

त्यसैगरी, असोज २२ गते साधारण लगानीकर्ताहरूलाई लक्षित गर्दै कम्पनीको कार्यालयमा लगानीकर्ता भेला कार्यक्रम आयोजना गरिनेछ। साथै, असोज २३ गते क्वेस्ट इन्टरनेसनल कलेजका बिबिए सेमेस्टरका विद्यार्थीहरूका लागि ब्रोकर कार्यालय भ्रमण कार्यक्रम राखिएको छ।