काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली जिल्ला समितिको पूर्ण बैठकले के.एम. थापालाई जिल्ला संगठन विभागको उपप्रमुखमा नियुक्त गरेको छ। जिल्ला समितिको पूर्ण बैठकबाट थापालाई संगठन विभागको उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको हो।
नयाँ जिम्मेवारीसँगै थापाले जिल्लामा पार्टीको संगठनात्मक गतिविधिलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। रास्वपा कैलाली जिल्ला समितिले थापालाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
साथै, संगठनलाई थप सुदृढ र अनुशासित बनाउँदै जनतासँगको सम्बन्धलाई अझ नजिक पुर्याउने अभियानमा उनको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरिएको छ।






About Us
प्रतिक्रिया