काठमाडौं – नक्सा पास नगरी वा तोकिएको मापदण्डविपरीत भवन निर्माण गरेमा १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकले अवैध संरचना बनाउनेलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने, घरजग्गा किनबेच गर्न नपाउने गरी रोक्का राख्ने र बिजुली–पानीको लाइनसमेत काटिदिनेसम्मको कडा कानुनी व्यवस्था अघि सारेको हो।
विधेयकको दफा १४ ले कसुर र सजायको व्यवस्था गर्दै स्वीकृत नक्सा र भवन संहिता उल्लङ्घन गर्नेलाई कडा आर्थिक जरिवानाको प्रस्ताव गरेको छ। विधेयकअनुसार, ऐनबमोजिम डिजायन तथा नक्सा स्वीकृत नगराई वा स्वीकृत नक्सा र मापदण्डविपरीत हुनेगरी ‘क’ र ‘ख’ वर्गका (ठूला तथा अत्याधुनिक) भवन निर्माण गरेमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ।






About Us
प्रतिक्रिया