काठमाडौं – नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी सहज बनाउन निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमक तथा लघु जीवन बीमक कम्पनीहरूलाई निर्देशन नै जारी गरेर बीमा दाबी भुक्तानी सहज बनाउन भनेको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित बीमितहरुमा हुन गएको विपद्जन्य परिस्थितिलाई मध्यनजर गरी बीमित तथा हकवालाहरूको हितका लागि उक्त कारणबाट जीवन बीमा अन्तर्गत मृत्यु दाबी, समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानीमा पेस गर्नुपर्ने प्रमाण, कागजात तथा प्रक्रियामा सरलता हुने गरी सरलीकृत व्यवस्था लागू गर्न भनेको हो ।
प्राधिकरणका अनुसार दाबी सम्बन्धी निवेदनमा बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर तथा दावीकर्तासँगको नाता खुलाउनुपर्नेछ । यस्तै, निवेदनमा बीमित र दाबीकर्ताबिचको नाता प्रमाण, दाबीकर्ताको परिचय यकिन हुने गरी सरकारी निकायबाट जारी परिचयपत्र (नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक प्रमाणपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जा), बीमालेख वा सो नष्ट भएको भए बीमकमा रहेको अभिलेखलाई आधार लिन सकिने बताइएको छ ।






About Us
प्रतिक्रिया