काठमाडौं – नेपाली बजारमा यस साता सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको सुरुवातमा बढेको सुनको मूल्य त्यसपछि लगातार दुई दिन घटेपनि साताको अन्तिम कारोबार दिन शुक्रबार पुनः बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो। सोमबार भने सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको थियो। मंगलबार पनि मूल्य घट्ने क्रम जारी रह्यो। यसदिन प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेर सुन २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भयो।
बुधबार भने सुनको मूल्यमा पुनः वृद्धि भयो। महासंघका अनुसार उक्त दिन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको थियो। बिहीबार सुनको मूल्यमा कुनै परिवर्तन भएन। यसदिन पनि सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमै कारोबार भयो।
शुक्रबार भने सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढ्येा। महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भयाे। साताको सुरुवाती कारोबारको तुलनामा शुक्रबारसम्म सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले कम रहेको छ।






About Us
प्रतिक्रिया