काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यबढेको छ। बिहीबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन चार हजार चार सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।






About Us
प्रतिक्रिया