काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा फरार भएका छन्। पर्सा जिल्ला अदालतमा फौजदारी अभियोग दर्ता भएसँगै तत्कालिन सनराइज बैंकका सीईओ शर्मा फरार भएका हुन्।
शर्माविरुद्ध प्रहरीले पर्सा जिल्ला अदालतमा कर्जा अपचलन तथा विश्वासघात गरेको भन्दै मुद्धा दायर गरेको छ। यससँगै, शर्मा फरार भएका हुन्। शर्मा सनराइज बैंकको सीईओमा रहँदा अन्जली इन्टरनेश्नललाई कर्जा दिने भन्दै धितो राखेर कर्जा नदिएको आरोप लागेको छ।
उनले धितो सकारेपनि सोअनुसारको कर्जा भुक्तानी नगरेको पाइएको छ। यही विषयमा पिडित पक्षहरु प्रहरीकोमा पुगेपछि प्रहरीले अनुसन्धान गर्दै मुद्धा नै दायर गरेको छ।






About Us
प्रतिक्रिया