काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको कुल १ लाख २ हजार ७४६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
कम्पनीले सो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता जनाएको छ। साथै, विद्यमान संस्थापक शेयरधनीहरूबीच खरिद–बिक्री हुन नसकेको अवस्थामा मात्र उक्त शेयरहरू निर्देशिकाबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ।
कम्पनीको सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेस गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया