सूर्योदय वोमी लघुवित्तले माग्यो डिसीईओ, कति चाहिन्छ योग्यता ?


काठमाडौं – सूर्योदय वोमी लघुवित्तल नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) माग गरेको छ । संस्थाले डिसीईओका लागि आवेदन माग गरेको हो ।

यसका लागि स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी लघुवित्त वा बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तह तथा श्रेणीमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ। त्यस्तै, स्नातक तह वा सो सरह उत्तीर्ण गरेका उम्मेदवारका लागि व्यवस्थापकीय तह/श्रेणीमा कम्तीमा सात वर्षको कार्य अनुभव आवश्यक पर्नेछ। अर्थशास्त्र वा व्यवस्थापन विषयमा उपाधि हासिल गरेका तथा चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका उम्मेदवारलाई विशेष प्राथमिकता दिने संस्थाले जनाएको छ।

दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ। नियुक्ति तीन वर्षका लागि करारमा हुने र आवश्यकता तथा संस्थाको नियमानुसार करार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। पारिश्रमिक तथा सेवासुविधा संस्थाको नियमानुसार हुने जनाइएको छ।