पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको होइन, सुरक्षाका लागि रेस्क्यु गरिएको होः प्रवक्ता पोखरेल


काठमाडौं– सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षाका लागि ‘रेस्क्यु’ गरिएको बताएका छन्।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले पूर्वप्रधानन्यायाधीश जबरा पक्राउबारे प्रश्न गरेका थिए। त्यसको जवाफमा सरकारका प्रवक्ता पोखरेलले जबरालाई प्रक्राउ नगरिएको दाबी गरे। ‘उहाँलाई पक्राउ गरिएको होइन। नियन्त्रणमा लिएको पनि होइन,’ उनले भने।

प्रवक्ता पोखरेलले जबरालाई सुरक्षा दिनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए।