काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशतका दरले लाभांश घोषणा गरेको हो।
जसमा ६ प्रतिशत बोनस शेयर रहेको छ भने ३.५० प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश रहेको छ। संस्थाको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई सो दरमा लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।






About Us
प्रतिक्रिया