काठमाडौं – नेपाल बीमा प्राधिकरणले रसुवा बाढी प्रभावित बिमितको भुक्तानी सहज बनाउन छुुट्टै कार्यविधि ल्याएको छ । प्राधिकरणले रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३ जारी गरेको हो ।
भदौ १० गतेको बाढीबाट क्षति भएका बीमितको सम्पत्ति, परियोजना, सवारी साधन, व्यापारिक मौज्दात तथा सो बाढी आउनु भन्दा अगावै जारी भई जोखिम बहनमा रहेका बीमालेख अन्तर्गतका दाबीहरूमा मात्र लागू हुनेछ । पीडित बीमितहरूले झन्झटमुक्त ढङ्गले तोकिएको समयसीमाभित्र न्यायोचित दाबी भुक्तानी प्राप्त गर्नसक्ने गरी यस कार्यविधिमा स्पष्ट मार्गनिर्देशन गरिएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा बीमितहरुको मानवीय क्षति तथा सम्पत्ति, सवारी साधन, हाइड्रोपावर परियोजनामा क्षति पुग्न गएको छ । यस विषम परिस्थितिमा बीमितहरूद्वारा बीमकसमक्ष पर्न आएका तथा आउने बीमा दाबीहरूलाई अतिशीघ्र, सरल, पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा फछ्यौट गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले महत्वपूर्ण कदम चालेको प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीले जानकारी दिइन् ।






About Us
प्रतिक्रिया