मनाङको हिमलुङमा हिमपहिरो, १० जना सम्पर्कविहीन


काठमाडौं – मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो गएको छ। आइतबार बिहान हिमपहिरो गएको हो।

आरोहणका लागि गएका ९ जना र उनीहरूका १३ जना आरोहण सहयोगी थिए। तीमध्ये करिब १० जना सम्पर्कविहीन छन्। उनीहरू सबै नेपाली नागरिक हुन्।