काठमाडौं- अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्मा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेस प्रदेशमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको हो।
बाढी, पहिरो लगायतका विपद्मा परी ४ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै १ हजार २ सय ८४ जनाको उद्दार गरिएको छ। यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ।






About Us
प्रतिक्रिया