काठमाडौं-मनकामना पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेपछि मनकामना जाने सडकमा सवारी आवागमन प्रभावित भएको छ। पहिरोका कारण सवारीसाधनलाई साविकको पार्किङस्थलसम्म पुग्न रोक लगाइएको छ।
पूर्वतर्फबाट मनकामना आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ। उक्त स्थानमा सवारी पार्किङ गरी यात्रुहरू पैदलमार्ग हुँदै मनकामना मन्दिरसम्म पुग्न सक्ने व्यवस्था मिलाइएको छ।
सडकमा पहिरोका कारण समस्या आए पनि मनकामना मन्दिर दर्शन तथा मनकामना केबलकार सेवा भने सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ। भक्तजनले वैकल्पिक पार्किङस्थलबाट पैदलमार्ग हुँदै मन्दिर पुगेर दर्शन गर्न सक्नेछन्।
मौसम अनुकूल हुनासाथ पहिरो प्रभावित सडकको मर्मत तथा आवागमन सहज बनाउने कामलाई तीव्रता दिइने जनाइएको छ। व्यवस्थापनले केबलकार सेवा सुरक्षित रूपमा सञ्चालन भइरहेको समेत जनाएको छ।






About Us
प्रतिक्रिया