एलोई हर्बलको आउटलेट काठमाडौंमा, ब्राण्ड एम्बेस्डरमा सुरक्षा केसी


काठमाडौं – कोरियन प्रविधिमा आधारित ब्युटी र वेलनेस प्रडक्ट उत्पादन गर्दै आइरहेको एलोई हर्बलको आउट लेट काठमाडौंमा खुलेको छ। स्वदेशी लगानीमा ४ वर्षअघि विराटनगरमा उद्योग स्थापना गरेर ब्युटी र वेलनेस प्रडक्ट उत्पादन गर्दै आइरहेको एलोई हर्बलले काठमाडौंको धुमबराहीमा आउट लेट स्थापना गरेको हो।

कोरियन फर्मुलेसनमा आधारित नेपाली छाला सुहाउँदो ब्युटी प्रडक्ट उत्पादन गर्दै आइरहेको एलोई हर्बलले विराटनगरमा उद्योग राखेर उत्पादन गर्दै आइरहेको छ। बजारमा कोरियन, भारतीय र अन्य मुलुकको उत्पादनको बिगबिगी हुँदा पनि एलोई हर्बलले नेपाली उत्पादनकारुपमा बजारमा प्रतिस्पर्धा गरिरहेको छ।

विराटनगरमा ४० जना कर्मचारी राखेर प्रडक्ट उत्पादन गर्दै आइरहेको छ। यही उद्योगले अब काठमाडौंको धुमबराहीमा आउट लेट नै स्थापना गरेर आफ्ना सेवाग्राहीलाई सेवा दिन लागेको हो। एलोई हर्बलले आउटलेटमार्फत उत्पादिन ब्युटी प्रडक्टसहित स्किन टेस्ट, कन्सलट्यान्ट लगायतको सेवा समेत उपलब्ध गराउनेछ।

राइडर तथा मोटो भ्लगर सुरक्षा केसी ब्राण्ड एम्बेस्डर रहेको एलोई हर्बलको पहिलो आउट लेट पनि केसीले नै उद्घाटन गरिन्। आउट लेट उद्घाटनका क्रममा एलोई हर्बलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल काफ्लेले एलोई हर्बल करोडौंको लगानीमा स्थापित स्वदेशी उत्पादन भएको बताए।

नेपालमा ब्युटी प्रडक्टको बजार बढ्दो अवस्थामा छ। ‘यही अवस्थामा स्वदेशी लगानीमा नै विराटनगरमा उद्योग स्थापना गरेर देशमा नै केही गरौँ भनेर एलोई हर्बलमा लगानी गरेर सञ्चालनमा ल्याइरहेका छौँ,’ उनले आउट लेट उद्घाटनको क्रममा भने, ‘विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्दै प्रयोगकर्तालाई गुणस्तरीय उत्पादन दिन हामी तत्पर छौँ।’

धुमबराहीको आउट लेट सञ्चालनमा ल्याउन साथ अब विराटनगरमा नै अर्को आउट लेट स्थापनाको तयारीमा एलोई हर्बल छ। स्वदेशी उद्योग र उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने र यसका लागि सरकारले समेत ब्युटी प्रडक्ट उत्पादक उद्योगीको आवाज सुन्नुपर्ने काफ्ले बताउँछन्।