साताको सुनः ६ हजार ६ सय रुपैयाँले घट्यो मूल्य


काठमाडौं – नेपाली बजारमा यस साता सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको सुन शुक्रबारसम्म आइपुग्दा २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताभरमा सुनको मूल्य प्रतितोला ६ हजार ६ सय रुपैयाँले घटेको हो। आइतबार र बुधबार मूल्य बढेपनि सोमबार, मंगलबार, बिहीबार र शुक्रबार भने सुनको मूल्य घटेको थियो।

कुन दिन कति थियो सुनको मूल्य ?
आइतबारः ३ लाख ५ हजार २ सय रूपैयाँ
सोमबारः ३ लाख ३ हजार ९ सय रूपैयाँ
मंगलबारः ३ लाख २ हजार २ सय रूपैयाँ
बुधबारः ३ लाख २ हजार ३ सय रूपैयाँ
बिहीबारः २ लाख ९९ हजार १ सय रूपैयाँ
शुक्रबारः २ लाख ९८ हजार ६ सय रूपैयाँ