काठमाडौं – सर्वोच्च अदालतले भरतमणि दाहाल रिहा गर्न परमादेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको हो।
दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बिहीबार अदालतले दाहाललाई तारिखमा राखी अनुसन्धान गर्न भनी नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्युरो भोटाहिटीको नाममा परमादेश जारी गरेको छ। दाहाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो।






About Us
प्रतिक्रिया