१० लाख रुपैयाँ बराबरको पटाकासहित धमु गोस्वामी र सोनु गोस्वामी पक्राउ


सुनसरी – सुनसरीको रामधुनी नगरपालिका–१, झुम्काबाट प्रहरीले ठूलो परिमाणमा पटका तथा विस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले पटाकासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा  सुनसरीका धमु गोस्वामी र सोनु गोस्वामी रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पटाकाजन्य विस्फोटक पदार्थ लुकाइछिपाई राखिएको विशेष सूचनाका आधारमा उनीहरुको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्रहरीले करिब १० लाख ३ हजार २ सय ४८ रुपैयाँ बराबरको पटाका तथा विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बरामद सामग्रीमा नागिन १५ कार्टुन, ठूलो फुलझरी ३०० वटा, ठूलो फुलझरी (हिट पटका) ३३ वटा, सानो फुलझरी १ हजार २७० वटा, मझौला फुलझरी १६५ वटा, चक्की बम ९२० वटा, म्याजिक म्याचिङरमिसाइल प्रकारका पटका ७५० वटा, बुलेट बम १ हजार ६० वटा र झिरझिरे पटका २५० वटा रहेका छन्। पटाकासहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।