बैंकिङ्ग समाचार ।
नेपाल एसविआई बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकको मंसीर ४ गते् बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर सहित ३.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
प्रतिक्रिया