नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मिन बहादुर बोहरा नियुक्त


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाकोे प्रमुख कार्यकारी अधिकृतमा मिन बहादर बोहरा नियुक्त भएका छन्।

संस्थाको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले बोहरालाई सो पदमा नियुक्त गरिएको हो। उनलाई असोज १ गतेदेखि लागूहुने गरी सो पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ।