काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का नियुक्त भएका छन्। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकको सर्वसम्मत निर्णयबाट हाल कायम सञ्चालकहरू मध्येबाट खड्कालाई अध्यक्षमा चयन गरिएको हो।
कम्पनीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अध्यक्ष रविन सिजापति बैंकबाट अलग भई अर्काे वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि सञ्चालक पद रिक्त भएको थियो।






About Us
प्रतिक्रिया