काठमाडौं – भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरबार विहीन भएका परिवारहरूलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वैच्छिक रूपमा सङ्कलन गरेको ४० लाख ८० हजार ५० पचास रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
विपद्को यस कठिन घडिमा प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट सङ्कलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्रीलाई अर्थ मन्त्रालयमा चेक हस्तान्तरण गरेका छन्।
यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग ब्याग जिल्ला प्रशासन कार्यालय,नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो।त्यसैगरी प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत२ करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक समेत हस्तान्तरण गरिएको छ। बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।






About Us
प्रतिक्रिया