सर्वसाधारणले खरिद गर्न मिल्ने गरी कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंकले १९ हजार ८०३ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो।

बैंकको उक्त शेयर खरिद गर्न इच्छुक संस्था तथा जो कोही व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्नेछन्।