काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.९४ अंकले बढेर बजार २५ सय ५९ दशमलव ४९ को बिन्दुमा बन्द भएको छ। आज ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड २० लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ।
आज ३४५ कम्पनी कारोबारमा आउँदा २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, एनआएनको १८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी उपकार लघुवित्तका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १०.५३ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, अभियान लघुवित्तका लगानीकर्ताले १०.०९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा मल्टीपर्स फाइनान्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.७१ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया