यूनाईटेड इदीमर्दीको लाभांश घोषणा


काठमाडौं– यूनाइटेड इदीमर्दी एण्ड आरबि हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ को खुद नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागी) वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश कम्पनीको आगामी १७ औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।