काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। उक्त लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्नेछ। आवश्यक स्वीकृति र साधारण सभाबाट पारित भएपछि मात्रै लाभांश वितरण गरिने बैंकले जनाएको छ।
बैंकको सञ्चालक समितिको बैठक २०८३ भदौ २६ गते अपराह्न ३ः३० बजे बसेको थियो। माछापुच्छ्रे बैंकले देशका सबै प्रदेशमा बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ। बैंकले हाल ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा तथा १९३ एटीएम मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।






About Us
प्रतिक्रिया