काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्। कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
उपाध्यायको वर्तमान कार्यकाल आगामी कात्तिक ६ गते समाप्त हुँदैछ। त्यसपछि लागू हुने गरी उनलाई थप चार वर्षको दोस्रो कार्यकालका लागि कात्तिक ७ गतेदेखि सीईओमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया