काठमाडौं – लिखित सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुलीका सन्जिब भुषाल, रौतहटका शेख तबरेज र स्याङ्जाका समित रेग्मी रहेका छन्।
एयर अरेबियाको उडानबाट शारजाह, युएई हुँदै भिजिट भिषामा श्रीलंका जान लागेका उनीहरूको साथबाट वैदेशिक रोजगार विभागबाट जारी भएको व्यक्तिगत श्रम स्वीकृति नक्कली रहेको खुल्न आएको छ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।






About Us
प्रतिक्रिया