काठमाडौं – वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंको नागार्जुन नगरपालिका–५ बाट पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८ घर भई हाल नागार्जुन नगरपालिका–५ बस्दै आएका २६ वर्षीय भुवन भण्डारी रहेका छन्।
वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंले उक्त मुद्दामा भण्डारीलाई पक्राउ गर्न अनुमति दिएको थियो। त्यसपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार नागार्जुन नगरपालिका–५ बाट पक्राउ गरेको हो।
पक्राउ परेका भण्डारीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया