राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा उद्धार कोषमा १ करोड ३८ लाख सहयोग


काठमाडौं – नेपाल राष्ट बैंकका पदाधिकारी र कर्मचारीद्वारा उद्धार कोषमा सहयोग गरेका छन् । केन्द्रीय बैंकका पदाधिकारी र कर्मचारीद्वारा उद्धार कोषमा १ करोड बढी रकम सहयोग गरेका हुन् ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ नेपाल राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार समेत) का तर्फबाट १ करोड ३८ लाख ९९ हजार ४२५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।