रोहित गुप्तालाई २ करोड धरौटीमा छोड्न सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालतले हिमालयन रि–इन्स्योरेन्स (पुनर्बीमा) का तत्कालीन सञ्चालक रोहित गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले भदौ १७ गते विशेष अदालतको साउन २८ को आदेश बदर गर्दै गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले गुप्तालाई २ करोड रुपैयाँ बराबरको धरौटी वा बैंक जमानत बुझाएपछि मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको छ।

हिमालयन रि–इन्स्योरेन्सको स्टक नं. ५५ मा रकम गएको र उक्त रकम इन्फिनिटी कम्पनी लिमिटेडको भुक्तानी फरफारकमा प्रयोग गरी दोस्रो बजारमा प्रभाव पार्न खोजिएको अभियोगमा गुप्तामाथि अनुसन्धान तथा मुद्दा चलाइएको थियो।