निर्धन उत्थान लघुवित्त र कर्मचारीद्वारा बाढी पीडितलाई ३४ लाख सहयोग


काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले बाढी पीडितलाई ३४ लाख बढी सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको आम विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा धेरै धनजनको क्षति भएकोमा संस्थाले राहत तथा उद्धार कार्यमा सहयोग गरेको हो ।

सरकार तथा विभिन्न सङ्घसंस्थाहरूले गरेको सार्थक पहल प्रति ऐक्यबद्धता जनाउँदै संस्थाको सामाजिक उत्तर दायित्व अन्तर्गतबाट २५ लाख र संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट प्राप्त सहयोग रकम ९ लाख ३२ हजार २०८ गरी कुल ३४ लाख ३२ हजार २०८ नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई संस्थाका अध्यक्ष जनार्दन देव पन्तले चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको समेत उपस्थिति रहेको थियो ।