पोखरा -सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष गोपाल कुमार शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शर्माले २०८३ भदौ १७ गते बुधबार नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक शिखा अधिकारी रेग्मीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
सपथ ग्रहण समारोहमा संस्थाका सञ्चालकद्वय लक्ष्मण खड्का क्षेत्री र राजेन्द्र रेग्मी, प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत बाबुराम कुँवरको उपस्थिति रहेको थियो।
संस्थाका यसअघिका अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएपछि संस्थापक समूहअन्तर्गतको सञ्चालक पद रिक्त भएको थियो। उक्त रिक्त पदमा गोपाल कुमार शर्मालाई नियुक्त गरिएको थियो।
त्यसपछि बसेको संस्थाको सञ्चालक समितिको १८४औँ बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष शर्मा लामो समयदेखि शिक्षण पेसामा आबद्ध रही अवकाश प्राप्त व्यक्ति हुन्।






About Us
प्रतिक्रिया