विपद् प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सहजीकरण गर्न संघीय संसद् सचिवालयबाट २० जना कर्मचारी परिचालन


काठमाडौं- मुलुकमा हालै घटेको विपद्बाट प्रभावितहरूको उद्धार तथा राहतसम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भई आएबमोजिम संघीय संसद् सचिवालयबाट २० जना कर्मचारी परिचालन गरिएको छ।

उक्त कर्मचारीहरूलाई भदौ १४ गते बिहान ९ बजे सम्माननीय प्रधानमन्त्रीको निजी सचिवालयमा पठाइएको हो। विपद्को यस कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने कार्यमा सहजीकरण गर्न संघीय संसद् सचिवालयले आफ्नो तर्फबाट आवश्यक सहयोग र समन्वय गर्नेछ।