काठमाडौं – रसुवा बाढीका कारण बैंकहरुको २ अर्ब बढीको कर्जामा समस्या पर्ने देखिएको छ । बाढीले विभिन्न बैंकको १७ शाखामा क्षति पुर्याउदा कर्जा समस्यामा पर्ने देखिएको हो ।
रसुवा र नुवाकोट जिल्लाका १६ बैंक शाखामा जम्मा ७८ हजार २०४ निक्षेप खाता र २ हजार १२५ कर्जा खाता रहेका छन् । यी शाखामा कुल ४ अर्ब ४३ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन भएको छ भने २ अर्ब ४२ करोड ८० लाख कर्जा प्रवाह भएको छ ।
कृषि विकास बैंकले १ अर्ब ३७ करोड ७४ लाख, सिटिजन बैंकले ८ करोड ८८ लाख, ग्लोबल आईएमई बैंकले १ करोड १३ लाख, हिमालयन बैंकले २९ करोड ७२ लाख, लक्ष्मी सनराइज बैंकले २ करोड ४१ लाख, माछापुछ्रे बैंकले ८३ लाख लगानी गर्दा नबिल बैंकले भने कर्जा लगानी गरेको छैन ।
यस्तै, एनआईसी एशिया बैंकले तीन वटा शाखा मध्ये विदुरबाट ६ करोड ९५ लाख,गोसाईंकुण्डबाट १३ करोड ७३ लाख र विदुरबाट नै १३ करोड ४७ लाख कर्जा लगानी गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार शाखामध्ये तीन शाखाबाट कर्जा लगानी गरेको छ । बैंकले तीन शाखाबाट ५ करोड ९३ लाख, ३ करोड ४८ लाख र ५१ लाख कर्जा लगानी गरेको हो । यस्तै, प्रभु बैंकले दुई शाखाबाट ८० लाख र ८ करोड ८७ लाख लगानी गरेको छ । साथै सानिमा बैंकले पनि ८ करोड ४१ लाख कर्जा लगानी गरेको छ ।






About Us
प्रतिक्रिया