मोबाइल बैंकिङ्ग एपबाटै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सकिने


काठमाडौं – अब मोबाइल बैंकिङ्ग एपमार्फत सोझै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सकिने भएको छ। प्रधानमन्त्री राहत कोषका खातामा रकम जम्मा गर्न सहज व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

राष्ट्र बैंककाअनुसार मोबाइल बैंकिङ्ग एपमार्फत क्यूआर कोड स्क्यान गरी वा अन्तरबैंक फण्ड ट्रान्सफरमार्फत कोषमा रकम रकमान्तर गर्न सकिनेछ। यसका अतिरिक्त मोबाइल बैंकिङ्ग एपमै सोझै रकम प्रविष्ट गरी तोकिएको प्रधानमन्त्री राहत कोषको खातामा रकम जम्मा गर्न सकिने छुट्टै विकल्पसमेत उपलब्ध गराउनुपर्नेछ।