नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा निर्मला बराल नियुक्त


काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा निर्मला बराल नियुक्त भएकी छिन्। संस्थाको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले बराललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई सो बैठकबाट सर्बसाधारण शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको रुपमा आगामी साधारण सभा सम्पन्न गर्नका लागि सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।