काठमाडौं – धादिङको बैरेनी बजारमा लेदो सफा गर्ने क्रममा फेरि बैंकको भल्ट भेटिएको छ। रसुवामा आएको बाढीले बगाएर ल्याएको आशंका गरिएको उक्त भल्ट बैरेनी बजारमा सरसफाइ गर्ने क्रममा फेला परेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका आशिका तामाङका अनुसार बैरेनी बजारमा बैंकको भल्ट भेटिएको यो तेस्रोपटक हो। उनका अनुसार यसअघि पनि सोही क्षेत्रमा लेदो तथा फोहोर सफा गर्ने क्रममा बैंकका भल्टहरू फेला परेका थिए।
बाढीका कारण रसुवाबाट बगाएर ल्याइएका विभिन्न सामग्री धादिङको बैरेनी बजार क्षेत्रमा थुप्रिएका छन्। सोही क्रममा सरसफाइ गर्दा बैंकको भल्ट भेटिएको हो। यसअघि बाढीले बगाएर ल्याएको भल्टबाट लुटपाट गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरिसकेको छ।






About Us
प्रतिक्रिया